एजेन्सी बेलायती नयाँ प्रधानमन्त्री बोरिस जोन्सनले पद तथा गोपनियतको सपथ लिनु भएको छ । बुधबार महारानी एलिजाबेथले जोन्सनलाई पद तथा गोपनियतको सपथ गराउनु भएको हो ।टेरेजा मेको राजीनामापछि सत्तारुढ कञ्जरभेटिभ पार्टीको नयाँ नेतामा जोन्सन नियुक्त हुनुभएको थियो । जोन्सनले बुधबार देखि नै आफ्नो कार्यभार औपचारिक रुपमा सुरु गर्नुभएको छ ।
६ सय ५० सदस्यीय बेलायती संसदमा कञ्जरभेटिभ पार्टीका ३ सय १३ छन्। प्रधानमन्त्री जोनसनले डियुपीको सर्मथनमा बहुमत भएको दावी वेलायती रानी समक्ष पेश गर्दै प्रधानमन्त्री भएको हो।जोन्सन झण्डै एक महिना लामो चुनावी प्रक्रियापछि भारी मत प्राप्त गर्दै मंगलबार सत्तारुढ कञ्जरभेटिभ पार्टीको नेतामा चुनिनुभएको थियो ।












