काठमाण्डौ / जालकाँडा म्युजिक प्रा.लीले तीज गीत संग्रह “क्या राम्रो फेवाताल” बजारमा ल्याउने तयारी गरेको छ । मोहित मुनाल, संझना रनपाल र सगुन बाबुरामको स्वरमा रहेको तीज गीतमा मोहित मुनालको लय रहेको छ । गीतको एरेन्ज कृष्ण भान्जाले गरेका छन् । गीतको म्युजिक भिडियो समेत तयार भएको छ , मारुनी रेकर्डिङ्ग स्टुडियोले तयार पारेको भिडियोमा मदन खड्काले निर्देशन गरेकाछन् भने रिना थापा, झविन नेपाल, बिन्तिराज पुन्थोकी, जीवन पन्थी लगायतले मोडलिङ्ग गरेका छन् । गीत छिट्टै सार्वजनिक हुने प्रा.लीले नजाएको छ ।













