काठमाडौं – प्रहरीलेनिर्माता छविराज ओझा र नायिका शिल्पा पोखरललाई खोजी कार्य जारी राखेको जनाएको छ । बुधबार जिल्ला अदालत, काठमाडौंले बहुविवाहसम्बन्धी कसुरका आधारमा अनुसन्धान गर्न प्रकाउ पुर्जी जारी गरेको थियो । निर्माता छविराज ओझाकी जेठी पत्नी हेमा ओझाले दिएको जाहेरीका आधारमा महिला सेल, कालीमाटीले अनुसन्धान थालेको थियो ।
काठमाडौं प्रहरी परिसर, टेकुको डीएसपी होविन्द्र बोगटीले अहिलेसम्म छविराज र शिल्पा सम्पर्कमा नआएको बताए । ‘प्रक्रियामा गएका छौँ, खोजी भइरहेको छ,’ उनले भने । नायिका शिल्पा पोखरेल र छविराजविरुद्ध हेमाले बहुविवाहको उजुरी हालेकी थिइन् । प्रहरीमा उजुरी परेपछि छवि र शिल्पा दुवै सम्पर्कमा आएका छैनन् ।









