बुटवल –प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दल प्रदेश ५ ले गुल्मीको सत्यवती गाउपालिकामा पहिरोबाट विस्थापितलाई उचित राहत दिन र तत्काल पुनःस्थापना गर्न सरकारसंग आग्रह गरेको छ । प्रदेश सभा संसदीय दलका नेता बलदेश शर्मा पोखरेलले विज्ञप्ति जारी गर्दै लिम्घा र ठूलो लुम्पेकमा आएको पहिरोमा परी वेपत्ताको खोजी,घाइतेको उपचार, जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना र मृतकका परिवारलाई राहत तथा क्षतिपुर्तिको व्यवस्था गर्न माग गरेका छन् ।
मानवीय र भौतिक क्षतिको घटनाप्रति दुख व्यक्त गर्दै कांग्रेस नेता पोखरेलले राहत र पुनस्थापनामा संघीय सरकार र प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार राति भारी वर्षासंगै आएको पहिरोमा परी लिम्घा र ठूलो लुम्पेकमा गरी १३ जनाको ज्यान गएको छ भने ६ सय परिवार विस्थापित भएका छन् ।









