बुटवल – हिन्दू नेपाली महिलाहरुको महान चार्डका रुपमा रहेको हरितालिका तिज नजिकिएको छ । गाउघर तिर टोल टोलमा सहर बजार तिर चोक चोकमा महिला दिदि बहिनी हरु एकै ठाउ भेला भएर तिजका गीतहरु गाउन थाल्छन । दिदि बहिनी एकैठाउ भेला भएर तीजका गीतहरु गाउन थालेपछी तीज आगनैमा आएको आभास हुन्छ । तीज महिला दिदीबहिनीहरुले मनाउने पर्व भएतापनि केही समय एता महिला पुरुषले उतिकै महत्वका साथ तीज पर्वलाई मनाएको पाईन्छ । विशेष गरी विवाहित महिलाहरु वर्ष दिनको तीजमा माइतीघरमा गएर आफन्त साथीसंगी विचमा गीतको माध्यममा दुख पिडा पोख्ने गरेको पाइथ्यों तर पछिल्लो समयमा ती मौलीक तीज गीत संगीत सुन्न विरलै पाइन्छ ।
तर यो वर्ष तीजको मौलिकतालाई समेटेर लोक तथा दोहोरी गायिका इन्दिरा गैरेले कोरियन साडी २ ‘शिरफूल’ बजारमा ल्याएकी छन् । तीज नजिकिदै गर्दा अली फरक खालको तीजको मौलिक पन रहेको गीत लिएर आएको गायिका गैरे बताउछिन् ।
गैरेले दर्जन बढी गीत बजारमा ल्याइसकेकी छन् ।
ताजा इन्टरटेन्मेन्ट मार्फत बजारमा आएकोे गीतमा इन्दिरा गैरे र सम्झना लामिछानेको स्वर रहेको छ । गीतको लय तथा शब्द शरद पाण्डेको रहेको छ भने एरेन्ज सुदिप सागरले गरेका छन् । गीतको म्युजिक भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी र सोम्या श्रेष्ठको अभिनय रहेको छ । गीतमा निर्देशन तथा कोरियोग्राफर काजिश श्रेष्ठले गरेका छन् । छायांकन सागर गौतम र सम्पादन दिपक बिष्टको रहेको छ । गीतको दृश्य निर्माण सुर्यबिनायक फिल्मसले गरेको छ । हेर्नुहोस् भिडियो :-












