भैरहवा –नेपाल र भारतको सीमा दशगजा क्षेत्रमा देखिएको जमिनको स्वामित्वसम्बन्धी विवादको यस क्षेत्रका संसद तथा नेकपाका नेता घनश्याम भुसालले अवलोकन गर्नुभएको छ । सीमामा भारतीय पक्षबाट दशगजा क्षेत्र नै मिचेर संरचना निर्माण गरिएको हो । ३० फिट सीमा छोड्नु पर्नेमा भारतीय पक्षले सीमाभित्र नै संरचना निर्माण गरि आफ्नो सुरक्षा चौकी निर्माण गरेको छ । हाल सीमाका रुपमा रहेको स्तम्भबाट नेपालतर्फ दशगजा क्षेत्रबाट थप २१ फिट जग्गा नेपालको बाँकी रहेको ।

हाल सडक विस्तारका क्रममा नेपालका केही सरकारी कार्यालयहरु भत्काउने सन्दर्भमा यो तथ्य भेटिएको जानकारी बेलहिया इलाका प्रहरी कार्यालयका प्रमुख कमल वेल्बासेले घनश्याम भुसाललाई जानकारी गराउनुभएको थियो । स्थानीयहरुको सक्रियतामा नेपाल सरकारका नापी कार्यालयका प्रतिनिधि, जिल्लाप्रशासनका प्रतिनिधि र सीमा सुरक्षा गणका प्रतिनिधिका रोहबरमा नेपालको छुटेको जमिनको नापजाँच गरिएको थियो ।

यस समस्यालाई स्थानीय प्रशासनले आफ्नो तहबाट भारतीय पक्षसँग कुरा गरेर सुल्झाउन र नसुल्झिएमा त्यसको जानकारी आफूलाई दिन जिल्ला प्रशासनका प्रतिनिधिलाई माननीय घनश्याम भुुसालले निर्देशन दिँदै समस्या समाधान गर्नका लागि केन्द्रबाट गर्नुपर्ने सम्पूर्ण पहल आफूले गर्ने र यस समस्यालाई नेपालका पक्षमा समाधान गरिने विश्वास उपस्थित स्थानीयबासीलाई दिलाउनुभएको थियो ।
सेतो देखिएको पिलरभन्दा उतापट्टी भारत, जहाँ दशगजा मिचेर संरचना निर्माण गरिएको छ ।









