सिरियाबाट तीन महिनामा चार लाख मानिस विस्थापित

प्रकाशित मिति:

एजेन्सी –सिरियाको उत्तरपश्चिमी क्षेत्रबाट गत तीन महिनामा विस्थापित भएकाहरुको संख्या चार लाख नाघेको छ ।राष्ट्रसंघीय निकायले शुक्रबार दिएको जानकारी अनुसार विद्रोही नियन्त्रित क्षेत्रमा सरकारी पक्षले आक्रमण गरेपछि उनीहरु विस्थापित भएका हुन् ।“गत अप्रिलको अन्त्यदेखि अहिलेसम्ममा तीन महिनामा चार लाखभन्दा बढी विस्थापित भएका छन्,” राष्ट्रसंघको मानवीय मामिला निकायका डेभिड स्वान्सनले भने ।

आक्रमण भएको क्षेत्रमा झण्डै ३० लाख बासिन्दा बस्ने गर्दथे । उनीहरुमध्ये आधाभन्दा बढी यसअघि नै विस्थापित भइसकेका थिए । विषेशगरी इड्लीब र अलेप्पो, हामा र लाताकिया प्रान्तका केही भागहरुमा यसको प्रभाव बढी परेको छ । झण्डै दुई तिहाई जनसंख्या आफू बसेको ठाउँबाट विस्थापित भएको उनको भनाइ छ ।यस क्षेत्रको नेतृत्व जिहादी गठबन्धनका हायात ताहिर अल शामले गर्नुभएको छ । उनीहरु यसअघि अल कायदामा आवद्ध थिए । अप्रिलको अन्त्यदेखि अहिलेसम्ममा ७३० भन्दा बढी नागरिक मारिएको बेलायतमा कार्यालय रहेको अनुगमनकर्ताको संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।