रामेछाप-रामेछापमा सेल्फी खिच्ने क्रममा तामाकोसी नदीमा खसेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर महालक्ष्मी नगरपालिका– ६ घर भएकी बर्ष १९ की सर्मिला कर्मचार्य रहेकी छन् । उनको कठजोर खोला नजिककैबाट सेल्फी खिच्ने क्रममा नदिमा खसेर ज्यान गएको हो ।
कठजोर खोला नजिकबाट सेल्फी खिज्दै गर्दा खसेर तामाकोशी नदीले बगाएको कर्मचार्यको शव मन्थलीको ऐयरपोर्ट नजिकबाट सुरक्षाकर्मीले उद्धार गरेका थिए ।करिब पाँच किलोमिटर माथिबाट बगाएका उनको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । मृतक युवतीको शव पोष्ट मार्टमको लागि मन्थलीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।









