रसुवा-रसुवाको गोसाइकुण्ड गाउँपालिकामा पहिरोले जीप पुरिँदा दुई जनाको मृत्यु भएको छ ।टिमुरेबाट काठमाडौं आउँदै गरेको जीप गाउँपालिकाको तातोपानी डाँडामा जीप पुरिंदा दुई जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार जीपमा ९ जना यात्रु सवार थिए । पछिल्लो जानकारी अनुसार ७ जनाको जीवितै उद्धार गरिएको छ तर उनीहरू घाइते अवस्थामा छन् । एक जना भने गम्भीर घाइते रहेको जनाइएको छघाइतेको नजिकैको स्वास्थय चौकीमा उपचार भइरहेको छ भने पहिरोका कारण अवरुद्ध बनेको सडक खुलाउने काम भइरहेको छ ।









