दिपेन्द्र क्षेत्रीको नेतृत्वमा वाढी पिडीतलाइ राहत हस्तान्तरण

प्रकाशित मिति:

काठमाडौ । नेपाल विद्यार्थी संघ काठमाण्डौं ईन्जिनियरिड् कलेज, कालिमाटी र ने वि संघ स्याड्जा काठमाण्डौं सम्पर्क समितिको समन्वयमा कलंकी क्षेत्रमा बाढी पिडितहरूको लागी राहत हस्तान्तरण गरिएको छ।

कलंकी मालपोत वडा नं १४ का बाढीपिडितहरु लत्ता कपडाहरू वितरण गरिएको काठमाडौं स्याङ्जा नेविसंघका अध्यक्ष दिपेन्द्र क्षेत्रीले जानकारी गराए।
क्षेत्री काठमाण्डौं ई।कलेजका पुर्व स्व वि यु उप(सभापति पनि हुन् । विधार्थीहरुको उल्लेखनिय उपस्थितिमा गरेको कार्यक्रममा ने वि संघका विधार्थी नेताहरु अनिल बस्नेत,विजय भट्ट,अभिषेक के।सी, समिर पाण्डे ,के।ई।सीका स्व वि यु सचिव विजय शेरचन लगायतको उपस्थिति रहेको थियो ।