नवलपुर-पर्यटकीय क्षेत्रको जानकारी दिने उद्येश्यले नवलपरासीको कावासोती नगरपालिकाले पर्यटन सूचना केन्द्र निर्माण गर्न लागेको छ ।नगरपालिका भित्र रहेका पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिन तथा नगरभित्र रहेका पर्यटकीय क्षेत्रमा आउने पर्यटकको तथ्याङ्क संकलन गर्नकालागि पर्यटन सूचना केन्द्र निर्माण गर्न लागेको कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुनले बताउनुभयो ।
कावासोती नगरपालिकामा पर्यटकीय हिसाबले सम्भावना बोकेका धेरै क्षेत्रहरू रहेकाले यहाँ आउने पर्यटकले सहज रुपमा पर्यटकीय क्षेत्रको जानकारी हासिल गर्न सकुन भनेर पर्यटन सूचना केन्द्र निर्माण गर्न लागिएको प्रमुख पुनले बताउनुभयो । कावासोती नगरपालिका –१५, गोडारमा पर्यटन सूचना केन्द्र निर्माण गर्न लागिएको छ । यसका लागि अहिले भवन निर्माणको काम चलिरहेको छ ।












