काठमाडौँ –सशस्त्र प्रहरी जवान १ लाख ५० हजार घुससहित पक्राउ परेका छन् । व्यपारमा सहजीकरण गरीदिने भन्दै सेवाग्राहीसँग घुस लिएको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुनस सशस्त्र प्रहरी बल नम्बर ४ गण, इनरूवाका सशस्त्र प्रहरी जवान बलराम यादव रहेका छन् । उनलाई सेवाग्राहीसँग घुस रकम लिइसकेको अवस्थामा देवानगञ्ज गाउँपालिका(३ कप्तानगञ्जबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले बताएका छन् ।शनिबार सेवाग्राहीसँग घुस मागिरहेको सूचनाका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । जवान यादवलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।









