कालीगण्डकी गाउंपालीका छापरौरमा घर भत्कीता एक जनाको मृत्यु ५ जना घाईते( भिडीयो)

प्रकाशित मिति:

कौरव खत्री । गुल्मीको कालीगण्डकी गाउँपालिका–७ मा अविरल वर्षाले घर भत्किँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । वडा नम्बर ७ छापचौरका विष्णु परियारको घर भत्किँदा १३ वर्षका छोरा चुने परियारको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष बेद बहादुर मगरले नेपाल तारालाई जानकारी दिएका छन् । शनिबार राति ११ बजेतिर पानीले विष्णुको घर एक्कासी घर भत्किएको हो । ५ जना घाइते हुनेहरुमा २८ वर्षीया खिमा परियार, ३३ वर्षीय प्रदिप परियार, १२ वर्षीय साजन परियार, १ वर्षीया सोनि परियार, २५ वर्षीय भेष कुमार परियार रहेका छन । स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि पाल्पाको तानसेन स्थित मिसन अस्पतालमा पठाएको बताइएको छ ।