गितले गर्दा आमाछोराको भेट भएपछी फेरी मायालुलाई खोज्दै दिपक

प्रकाशित मिति:

बुटवल – बुटवलको सडक छेउमा पुराना कपडा सिलाउदै २०७१ सालबाट सांगितिक यात्रामा लागेका दिपक परियार अहिले निकै चर्चामा छन । स्नातक तह अध्ययन पुरा गरेर सांगितिक क्षेत्रमा निरन्तर लागेका बेसाहारा गायक आज आफ्नो जन्म थलोलाइ आमाको उपमा दिदै निकालेको गितले बास्तविक आमालाइ २४ बर्स पछि भेट गरायको छ । दुधे बालक छोडेर हिनेकि आमा ‘गुल्मी’ नामक गित सुनेर यो गित कस्ले गायको हो भनेर सोझ बुझ गर्दा आफ्नै छोराले गाएको थाहाँ पाएपछी आमाको मन थामिएन उता गायक परीयार सुरुमा आमा भनेर बिस्वास नलागेको हामिलाइ बताउन्छन ।

आज सो कथालाइ (हेर्छु मायालुलाइ ) तिज गितमा जस्ताको त्यस्तै दुखद घटना कतै गाउले परीबेस कतै मौलिक संस्कृति समावेश गरिएको छ । दिपक परीयार र सोना श्रि परियरको आवाजमा नयाँँ तिज गित हेर्छु मायालुलाइ भर्खर मात्र सार्वजनिक गरिएको छ। सो गितमा दिपक परियारले लय तथा शब्द सिर्जना गरेका छन । परियारको निर्देशनमा रहेको सो गित लाइ सम्पादन शोभाखर पंथले गरेका हुन भने गितलाइ दिपिका म्युजिक को युटुव च्यानल बाट सार्वजनिक गरिएको छ ।

भिडियो :-