प्रचण्ड ५ दिनका लागि परिवारसहित युएईतर्फ

प्रकाशित मिति:

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन्। उनी पारिवारिक भ्रमणका लागि बिहान ९:३० बजे त्यसतर्फ प्रस्थान गरेका हुन्। प्रचण्डसँगै पत्नी सीता, छोरीहरु रेणु र गंगा दाहाल र नातिनातिना पनि भ्रमण टोलीमा छन्।

पाँच दिने भ्रमणका क्रममा उनको कुनै राजनीतिक कार्यक्रम भने तय भएको छैन। अध्यक्षद्वयको विदेश भ्रमण तय भएका कारण नेकपाको सचिवालय बैठक २८ गतेसम्मका लागि स्थगित भएको छ। अर्का अध्यक्ष केपी ओली पनि स्वास्थ्य परीक्षणका लागि शनिबार सिंगापुर जाने कार्यक्रम छ। अध्यक्ष दाहालले सोमबार बसेको पार्टी सचिवालय बैठकमा आफ्नो यूएई भ्रमणबारे जानकारी गराएका थिए।