पूर्वउपसचिवको घरमा भएको गोली प्रहारको घटनामा एक पक्राउ

प्रकाशित मिति:

काठमाडौं – कलंकीमाई मन्दिरस्थित सामाजिक मार्गमा पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा भएको गोली प्रहारको घटनामा शंकास्पद एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

स्रोतका अनुसार शर्माका छिमेकी शोभाकर ढकाललाई दुई वटा राइफलसहित मंगलबार प्रहरीले पक्राउ गरेको छ। ढकालको घरमा खानतलासी लिदै गर्दा प्रहरीले २२ र १२ बोर इजाजतप्राप्त राइफल बरामद गरेको छ । गएराति पूर्वउपसचिव शर्माका १९ वर्षीया छोरी बसेको कोठामा गोली प्रहार भएको थियो । यस विषयमा थप अनुसन्धान चलिरहेको प्रहरी जनाएको छ ।