सबलपोस्ट/कञ्चन – गुल्मीको सत्यवती गाउपालिका वार्ड नं. २,३ र ४ मा गत साउन ६ गते आएको अबिरल वर्षा पछि गएको पहिरोमा परी १३ जनाको मृत्यु भएको र करिब १६५५ जना बिस्थापित भएकाहरुका लागि कञ्चन गाउपालिकामा कृयाशिल प्रगती मगर युवा क्लब,कञ्चन आमा समुह,नेपाल रेडक्रस सोसाइटी,कञ्चन उपशाखा र लायन्स क्लब अफ कञ्चन हरैयाको संयोजनमा संकलित ६० क्बिन्टल चामल,१५० किलो दाल,१५० किलो नुन,प्याज १०० किलो,सोयाबडी ७५ किलो,खाने तेल ७० लिटर र चिउरा १५० किलो खाध्य सामग्री नगद सहित अाज राहत बितरण गरेकोछ।
कञ्चन गाउपालिकामा कृयाशिल प्रगती मगर युवा क्लब,कञ्चन आमा समुह,नेपाल रेडक्रस सोसाइटी,कञ्चन उपशाखा र लायन्स क्लब अफ कञ्चन हरैयाको संयोजनमा संकलित ती राहत सामग्रीहरु संस्थाका प्रतिनिधिहरुले पहिरो प्रभावित क्षेत्रमा गई बिस्थापित भएकाहरुलाई सत्यवती गाउपालिका वार्ड नं.३ का वडा अध्यक्ष तथा बिपद ब्यबस्थापन समितिका संयोजक रुक बहादुर रानालाई हस्तान्तरण गरेको हो।
राहत संकलन समिति रुपन्देहीको संयोजनमा बितरण गरिएको कार्यक्रममा वडा अध्यक्ष तथा बिपद ब्यबस्थापन समितिका अध्यक्ष रुक बहादुर रानाले सत्यवतीको बिपदमा देश भरका सहयोगीहरुबाट राहत संकलन गरि सहानुभुति र पिषामा मलम पट्टि दिनु भएकोमा धन्यबाद दिदै बिस्थापितहरुलाई सुरक्षित स्थानमा स्थापित गर्नु चुनौती रहेको बताउनु भएको छ।स्वास्थ्यको समस्या र खानेपानीको ब्यबस्थापन पनि चुनौती रहेको समेत बताउदै राहत संकलन गरि सहयोग प्राप्त भैरहेको बताउनु भएकोछ। राहत सामग्रीलाई सत्यवती गाउपालिका बिपद ब्यबस्थापन तथा राहत संकलन समितिका संयोजक तथा सत्यवती गाउपालिका वार्ड नं.३ का वडा अध्यक्ष रुक बहादुर राना सहितको प्रतिनिधीलाई हस्तान्तरण गर्दै लायन्स क्लब अफ कञ्चन हरैयाका प्रथम उपाध्यक्ष लायन राम बहादुर थापाले सहयोगी संस्थाहरुबाट प्राप्त राहतलाई समानुपातिक रुपमा बितरण गर्न सुझाब दिदै सहयोग अझै बताउनु भएकोछ।यसैगरी नेपाल रेडक्रस सोसाइटी कयय्चन उपशाखाका उपसभापति गंगालाल पौडेलले सत्यवती गाउपालिका वार्ड नं. ३ साबिक ठुलो लुम्पेकको कुनै पनि स्थानलाई प्राकृतिक बपत्तीले नछडेको र हरेक स्थानहरु पहिरोबाट ग्रस्त भएको देख्दा आफुलाई निकै दुख लागेको बताउनु भएकोछ।
प्रगति मगर युबा क्लबका हरि थापाले ठुलो लुम्पेक र लिम्घाका पहिरो पिडितहरुको पिडाले तराइमा वसेकालाई मात्र नभै देश बिदेशमा रहेका हरेक नेपालीको मनमा चोट पुगेको र सोही चोट र पिडालाई थोरै भएपनि राहत मिलोस भनि राहत संळन गरि हस्तान्तरण गर्न पाएकोमा गर्बान्वित भएको बताउनु भएकोछ।यस्तै रेडियो कञ्चनका स्टेसन म्यानेजर जगिलाल थापाले सत्यवतीको पिडालाई कम गर्ने प्रयास स्वरुप कञ्चन गाउपालिकाबासीले राहत संकलन गरि पहिरो प्रभावित क्षेत्रमा गई पिडितहरुलाई नै राहत प्रदान गरिएको र अब खानेपानी र शिबिरमा देखिएको उचित शौचालयको अभावले झाडापकळा हैजा जस्ता भारल रोगहरु फैलन सक्ने सम्भावनालाई कम गर्न स्वास्थ्य सुरक्षा अपनाउन पुर्णरुपमा स्वास्थ्य कर्मिहरुको निगरानीमा खानाको ब्यबस्थापन गर्नु पर्ने सुझाब ब्यक्त गर्नु भएकोछ। सत्यवती गाउपालिकाका कार्यपालिका सदस्य तेजकुमारी थापाले बिपद ब्यबस्थापनलाई न्यायोचित ढंगबाट हुँदै आएको र प्राप्त भएको राहतलाई समानुपाति तुपमा बितरण गरिएको बताउनु भएकोछ।वडा अध्यक्ष तथा बिपद ब्यबस्थापन समितिका संयोजक रुक बहादुर रानाको अध्यक्षता र वडा सदस्य अर्जुन तरामुको संचालनमा राहात सामग्री बितरण गरिएको थियो भने राहत हस्तान्तरण गर्न गएको टोलीले पहिरो प्रभावित क्षेत्रहरु सत्यवती गाउपालिका वार्ड नं.३ को सिंडी,बझाडी,कुरह,गाउडाडामा गै प्रतक्ष निरिक्षण र अनुगमन गर्नुको साथै सोही बडाकै ग्यझा,कसिन्थला,दांसिया,घारडाडा,ल्हाचे,गस्कोट,काहुले र वार्ड नं.२ लिम्घाको भिरकुना,काफलडाडा लगायत प्रभावित क्षेत्रहरुको पनि अवलोकन गरेको थियो।

शिबिरमा खानेपानी र सेनेटरी प्याडको अभाव – गत साउन ६ गते आएको अबिरल वर्षा पछि गएको पहिरोले बिस्थापित करिब १२६० जनालाई स्थानिय विभिन्न बिधालयहरु र सुरक्षित घरहरुमा १८ वटा अस्थाई क्याम्प गरि राखिएकोछ। क्याम्पहरु मध्ये किल्दिपको क्यम्पमा १३ जना र धर्मपुर मा.बि.मा २०६ जनालाई राखिएको छ।यस्तै गरि नवबिहानी प्रा.बि.मा ४५,धर्मपुर प्रा.बि.मा ६५,राम मा.बि.मा ९३ जना,मनकामना प्रा.बि.मा ८९ जना,साजपुर प्रा.बि.मा १५०,ओखर भञ्ज्याङमा ३७ जना,ढुंगा चाल्नेमा ५२,तल्लो कसिन्थलामा ४५,माथिल्लो कसिन्थलामा ५० जना,मतिप्रसाद तरामुको घरमा ६० जना, गगनपुर प्रा.बि.मा ४२ जना,काहुले र गोसकोटमा २५० जनालाई अस्थाई क्याम्प बनाई राखिएकोछ।

धर्मपुर मा.बि.मा बाहेक अन्य क्याम्पहरुमा खानेपानीको निकै समस्या रहेको र शौचालयहरु पनि सांगुरो र अब्यबस्थित भएकोले दुर्घन्ध फैलिन शुरु गरेकोले त्यस दुर्घन्धबाट झाडापखाला,हैजा र भाइरल ज्वरो फैलने तिब्र सम्भावना बढेकोछ।सम्भावित रोग फैलन नदिन क्याम्पहरुमा स्वास्थ्य सुरक्षा कार्यक्रम संचालन गरिएको र खानेपानीबाट हुन सक्ने रोगबाट बचाउन पानी उमालेर पिउन लगाइएको जुहाङ स्वास्थ्यचौकीका इन्चार्ज सुनिल ज्ञवालीले बताउनु भएकोछ।यसैगरी जेष्ठ र अशक्तहरुलाई पनि दैनिक रुपमा स्वास्थ्य परिक्षण गरिएको बताउनु भएकोछ।त्यस्तै महिलाहरुको लागि महिनावारीको बेलामा आवस्यक पर्ने सेनेटरी प्याडको पनि अभाव रहेको धर्मपुर मा.बि.को क्याम्पमा बस्दै आएकी निर्मलाले बताइन।अहिले सम्म देश बिदेश गरि २५ वटा संघ संस्थाले करिब १ हजार भन्दा बढी क्विन्टल खाध्य सामग्री उपलब्ध गराएको राहत सामग्री ब्बस्थापन समितिका सदस्य कृष्ण पुलामीले जानकारी दिनु भएकोछ।









