काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्री निवास परिसरको जग्गा बिक्रीमा मुछिएका भनिएका युक्तप्रसाद श्रेष्ठ माछा पोखरीस्थित हिमालय सिटी सेन्टरबाट हामफालेर आत्महत्या गरेको भनिएको घटनाको छानबिन गर्न कांग्रेसका सांसदले माग गरेका छन् । कांग्रेस सांसद तथा पूर्वगृराज्यमन्त्री देवेन्द्रराज कँडेलले राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा बालुवाटारको जग्गा प्रकरणमा सूचना चुहाउन सक्ने भएकाले श्रेष्ठको ह त्या गरिएको हुन सक्ने आशं का व्यक्त गरेका हुन् ।बालुवटारको जग्गा प्रकरणमा केही कुरा चुहाउन सक्छन् भन्ने जानेर नै ह त्या गरिएको त होइन रु’, कँडेलले भने, ‘यसबारे सत्य तथ्य बाहिर आओस् ।’ श्रेष्ठले १२ साउनमा माछापोखरीस्थित हिमालय सिटी सेन्टरबाट हाम फालेर आत्मह त्या गरेको प्रहरीले जनाएको थियो । कांग्रेस पर्वतका सचिव श्रेष्ठ डिल्लीबजार मालपोतका तत्कालीन खरिदार थिए ।
कँडेलले श्रेष्ठको ह त्या भएको हुन सक्ने भन्दै घटनाबारे सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरे । ‘यति ठूलो प्रकरणमा एउटा खरिदारले कति काम गर्न सक्छ रु’, कँडेलको प्रश्न थियो, ‘पूर्वप्रधानमन्त्रीदेखि वरिष्ठ नेताहरु संलग्न भएको का ण्डमा खरिदारले के कस्तो भूमिका खेल्न सक्छन् रु ९० किलोको मान्छे आठ तलामाथिबाट हामफाल्दा र गत नआउनु र अंगभं ग नहुनु तथा देख्ने कोही नहुनुले आशं का पैदा गरेको कँडेलले जनाए । पोस्टमार्टम रिपोर्टमा के भनिएको छ रु’ उनले भने ‘ठूला नेता मुछिएकाले साक्षी मेटाउन यो घटना गराइएको हुन सक्छ । उनले साक्षी मेटाउने किसिमले ह त्या गरिएको आशं का उब्जिएको बताए । कर्मचारीबाट राजीनामा गरिसकेका श्रेष्ठ सामाजिक संस्था लायन्स क्लबका नेशनल गभर्नर थिए ।









