इथियोपियाद्वारा एकैदिन ३५ करोड भन्दा बढी रुख रोपेर विश्व रेकर्ड कायम

प्रकाशित मिति:

एजेन्सी –बढ्दो सहरीकरणका कारण बन जंगल मासिदै गईरहेको छ । हरेक देशले रुख रोप्ने अभियान पनि थालेको छन् । इथियोपियाले देशलाई खडेरीको समस्याबाट जोगाउन एकैदिन ३५ करोड भन्दा बढी रुख रोपेर विश्व रेकर्ड कायम गरेको छ ।इथियोपियाले जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण देशलाई खडेरीको समस्याबाट जोगाउन एकैदिन ३५ करोड भन्दा धेरै रुख रोपेर विश्व रेकर्ड कायम गरेको छ ।

प्रधानमन्त्री एबी एह्मदको नेतृत्वमा सञ्चालन गरिएको सो कार्यक्रममा सरकारी कर्मचारीहरुलाई पनि सहभागी गराउन थुप्रै कार्यालयहरु समेत बन्द गरिएको थियो ।संयुक्त राष्ट्र संघका अनुसार इथियोपियाको वन क्षेत्र २० औँ शताब्दीको सुरुवातमा ३५ प्रतिशतबाट घटेर ४ प्रतिशतमा पुगिसकेको छ । त्यसैले प्रधानमन्त्री एह्मदले हरियाली अभियान अन्र्तगत देशभरका एक हजार स्थानमा रुख रोप्ने कार्यक्रम सञ्चलान गरेका हुन् । यसमा अधिकारीहरुलाई रोपिएका बिरुवाको गन्ती गर्न पनि लगाइएको बीबीसीले जनाएको छ ।यसबारेमा एह्मदको लक्ष्य कूल चार अर्ब रुख रोप्नु रहेको छ । यसका लागि सञ्चारमाध्यमबाट जनतालाई सहभागी हुन प्रोत्साहन गर्दै रुखबिरुवाको ख्याल राख्न सन्देश दिइएको छ । यसमा संयुक्त राष्ट्रका कर्मचारीदेखि अफ्रिकन युनियन र विदेशी दूतवासका अधिकारीहरुले पनि भाग लिएका थिए ।यसअघि एकैदिन सबैभन्दा बढी रुख रोप्नमा भारतको रेकर्ड रहेको थियो जसले २०१६ मा आठ लाख स्वयमसेवकहरुको मद्दतमा पाँच करोड रुख रोपेको थियो ।