अलएनमा तीज सांस्कृतिक धमाका हुँदै

प्रकाशित मिति:

अलएन मितेरी समाज यूएई केन्द्रद्धारा हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा तिज सास्कृतिक धमाका२०१९ु आयोजना गर्ने भएको छ । नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर मितेरी समाज यूएईले ३० अगस्टमा विशेष कार्यक्रम गर्ने भएको हो ।

मितेरी समाज यूएई २०१४ मा स्थापित भई आज सम्म लगातार असहाय, अशक्त, बाढी पिडित, आगलागी भई जनधनको क्षेती भएका पिडित हरुलाई, बृद्धाश्रमलाई, यूएईमा अलपत्र परेका नेपाली हरुको उद्दार र सहयोग गर्दै आएको छ ।आगामी ३० अगस्तमा नेपालीहरुको चाड हरितालिका तीजको अवसर पारी गायिका सम्झना लामीछाने मगर साथै गायक राजु ढकाल को उपस्थितिमा मितेरी समाज यूएईको आयोजनामा र यूएई अलऐन क्षेत्रमा रहेका क्रियाशिल बिभिन्न संघ(संस्थाहरुको सहयोगमा तीज सास्कृतिक धमाका २०१९ु गरिने भएको छ, साथै स्थानिय कलाकारहरु फ्यूजन डांस ग्रुप दुबई र अन्य कलाकार हरुको बेजोड प्रस्तुति रहने आयोजकहरुने बताएका छन् ।