अनेसास रुपन्देहीको अन्तर्कृया सम्पन्न

प्रकाशित मिति:

                                                        प्रश्रित प्रतिष्ठानलाई १ कठ्ठा जग्गा दान

भैरहवा- अन्र्तर्राष्ट्रिय नेपाली साहित्य समाज रुपन्देही च्याप्टरले आज रचना वाचन तथा साहित्यिक अन्र्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । सोही कार्यक्रमको अवसरमा साहित्यकार गंगा लिगलले प्रश्रित प्रतिष्ठान केन्द्रिय कार्यालय रुपन्देहीलाई १ कठ्ठा जग्गा दान गरेकी छिन् । साहित्यकार बालकृष्ण भट्टराई, प्राज्ञ बूँद राना र प्राडा कपिलदेव लामिछानेले साहित्यमा उर्जा शक्ति हौसला र प्रेरणा रहेको बताउँदै जग्गादाता गंगा लिगललाई बधाई दिँदै सहयोगी हातहरु थपिँदै गए भवन निर्माणमा सहयोग पुग्ने बताए ।

लुकेर रहेका प्रतिभाहरुलाई प्रस्फुटन गर्नको लागि साहित्यले उर्जा प्रदान गर्ने साहित्यकार विजय सागरले बताए । उनले भने–“साहित्यमा जस्तो शान्त, शिष्ट सभ्यताको सिद्धान्त अन्य कुनै पनि क्षेत्रमा पाइँदैन ।”

उक्त कार्यक्रममा सरु ज्ञवाली, राधा भट्टराई, युवराज खनाल, पुनहरि बेल्बासे, इन्दिरा केसी, हिरालाल धामी, लता प्रधान, दिपक प्रधान, गंगा घिमिरे, बासुदेव पोखरेल, धना थापा, रुपा पुन, रत्ना थापा, दिपेन्द्र सुवेदी, रामबहादुर श्रेष्ठ, प्रकाश कडायल, मनकुमारी मल्ल लगायतले गीत, गजल, कविता, जापानिज हाइकु वाचन गरेका थिए । कार्यक्रम अन्र्तर्राष्ट्रिय साहित्य समाज रुपन्देहीका अध्यक्ष गंगा लिगलको अध्यक्षता, वरिष्ठ साहित्यकार बालकृष्ण भट्टराईको प्रमुख आतिथ्यता, प्राडा कपिलदेव लामिछाने र प्राज्ञ बूँद रानाको विशिष्ट आतिथ्यता र लक्ष्मीप्रसाद अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।