आमिरले नयाँ चलचित्रका लागि २० केजी तौल घटाउँदै

प्रकाशित मिति:

एजेन्सी –बलिउडमा मिस्टर पर्फेक्सनिस्टका रुपमा परिचित आमिर खानले नयाँ चलचित्र ‘लाल सिंह चड्ढा’मा अभिनय गर्ने भएका छन् । उक्त चलचित्रका लागि आमिरले २० केजी तौल घटाउनु पर्नेछ । जुन आमिरले स्वीकार गरेका छन् । यस चलिचित्र हलिउड चलचित्र ‘फोरेस्ट गम्प’को रिमेक भएको बताइएको छ । जसमा चर्चित अभिनेता टम ह्याक्सले अभिनय गरेका थिए ।

आमिर उक्त चलचित्रको पात्रसँग मिल्दोजुल्दो शरीरका लागि यतिबेला तौल घटाइरहेका छन् । ५४ वर्षमा आमिरको अहिले पेट लागेको छ। त्यसलाई घटाउन आमिरले डाइट पनि त्यही किसिमको खाइरहेका छन् । खानाका सौखिन आमिर यतिबेला रोट, साग तथा प्रोटिनयुक्त खानामात्र खाइरहेका छन् ।खबरहरुका अनुसार चलचित्र लाल सिंह चड्ढाको सुटिङ नोभेम्बरबाट हुँदैछ । सुटिङ सुरुहुँदा उनले वजन घटाइसक्नु पर्नेछ। उनी जिमसमेत जान थालेका छन् । आमिरले यसअघि गजनी र दंगल चलचित्रमा समेत तौल घटाएका थिए ।