सुष्मा स्वराजको निधनप्रति सभापति देउवाद्वारा दुःख प्रकट

प्रकाशित मिति:

काठमाडौँ –भारतीय जनता पार्टीकी नेतृ एवं भारतीय पूर्व विदेश मन्त्री सुष्मा स्वराजको निधनप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख प्रकट गर्नुभएको छ । साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित साहलाई छुट्टाछुट्टै समवेदना सन्देश समेत पठाउनु भएको छ ।

सन्देशमा सभापति देउवाले नेपाल र भारतबीचको सम्बन्धलाई सुदृढ बनाउन सुष्मा स्वराजले पुयाउनु भएको योगदानको स्मरण गर्नु भएको छ । उहाँको असामयिक निधनप्रति दुःख प्रकट गर्दै भारत सरकार, भारतीय जनता पार्टीका सदस्यहरु, स्वर्गीय श्रीमती सुष्मा स्वराजका परिवारका सदस्यहरु सहित सम्पूर्ण भारतीय जनताप्रति गहिरो समवेदना प्रकट गर्नु भएको छ ।