नेपाली कांग्रेस स्याङ्जाका कार्यबाहक सभापति बुद्धी बहादुर राना कुमार लाई पितृ शोक परेको छ ।रानाका वुवा टोप बहादुर रानाको ७७ बर्षको उमेरमा विहिबार साँझ निधन भएको हो । भारतीय सेनाबाट अवकास पछि निरन्तर प्रजातान्त्रिक बिचारको लागि सक्रिय रहदै आउनु भएका टोप बहादुर रानाको पुतलीबजार नगरपालिका वडा नम्वर ४ स्थीत आफ्नै निवासमा निधन भएको नेपाली कांग्रेसका महासमिति सदस्य राजु थापाले जानकारी दिनुभयो । स्वर्गीय राना नेपाली कांग्रेसको तर्फबाट २०५४ सालमा पुतलीबजारको नगर सदस्यमा निर्बाचित हुनु भएको थियो । उहाँको अन्तिम संस्कार र बिदाइ पोखरा रामघाट स्थीत गुम्बामा शुक्रबार विहान ११ बजे गरिने नेपाली कांग्रेस स्याङ्जाका प्रवक्ता ईन्द्र बहादुर गोदारले जानकारी दिनुभयो ।









