सिन्धुली-सिन्धुलीको सुनकोशी गाउँपालिका–१ कुशेश्वर दुम्जा नजिक सुनकोशी नदीमा हाम फालेर काभ्रेको पाँचखाल नगरपालिका–१० की ३४ बर्षीया सरस्वती रायमाझीको मृत्यु भएको छ ।
सुनकोशीमा मुख धुन जाने निहुमा हाम फालेर नदीले बगाउँदा रायमाझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सिन्धुलीको कुशेश्वर मन्दिरमा दर्शन गर्न श्रीमान ओम बहादुर रायमाझी समेत आएका थिए ।मृतक महिलाको शव सुनकोशी गाउँपालिकास्थित चैनपुरमा फेला परेकोे जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।









