ललित पाण्डेय/रुपन्देही – ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले रुपन्देहीको गैडहवा गाउँपालिकामा बृहत्त निःशूल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । प्रदेश नम्बर ५ को राजधानी बुटवलमा प्रधान कार्यालय रहेको वित्तीय संस्थाले पाँचौ वार्षिकोत्सवको उपलक्ष्यमा रुपन्देही जिल्लाको ग्रामिण क्षेत्र गैडहवा गाउँपालिकाको मंगलपुरमा रहेको सिद्ध लुम्बिनी स्कुलमा बृहत्त स्वास्थ्य शिविरको आयोजना गरेको हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले संस्थाले वित्तीय कारोबारसँगै सामाजिक क्षेत्रमा काम गर्दै आएको जानकारी दिए । कार्कीले ग्रामीण विकास लघुवित्तले समुहमा आउँने स्थानीयलाई विनाधितो ऋण सुविधा प्रदान गर्दै आएको जानकारी दिँदैं पैसालाई कृषि ब्यवसायमा लगानी गर्न आग्रह गरे ।
वित्तीय संस्थाबाट लिएको पैसालाई सही ठाउँमा सदुपयोग गर्न सके धनि बन्न सकिने बताए । गैडहवा गाउँपालिकाका अध्यक्ष बच्चुलाल केबटले ग्रामीण विकास वित्तीय संस्थाले ग्रामाीण क्षेत्रका स्थानीयको आर्थिक प्रगतीमा महत्वर्पूण भूमिका खेलेको चर्चा गरे । कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएका उँहाले वित्तीय संस्थाबाट लिएको पैसालाई उत्पादनशिल क्षेत्रमा लगानी गर्नको लागि आग्रह गरे । युनिर्भसल कलेज अफ मेडिकल साईन्सेज भैरहवाको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा ५२५ स्थानीयले स्वास्थ्य सेवा लिएको स्वास्थ्य कार्यक्रमका संयोजक पिताम्बर नेपालले जानकारी दिए । ग्रामीण विकास लघुवित्त संस्थाले गाउँमा नै विशेषज्ञ डाक्टर सहित स्वास्थ्य शिविर सञ्चालन गरेपछि स्थानीयहरु खुशी भएका थिए । कार्यक्रममा लघुवित्तका सूर्यपुरा शाखा प्रमुख योगन्द्र प्रसाद धबल युनिर्भसल कलेज अफ मेडिकल साईन्सेजका तेज कुमार के.सी लगायतले बोलेका थिए । स्वास्थ्य शिविर बिहान ८ बजदेखि दिउँसो ४ बजेसम्म सञ्चालन भएको थियो । लघुवित्तले वाषिकोत्सवको अवसरमा साउन २८ गते प्रधान कार्यालय बुटवल राजमार्ग चौराहामा रक्तदान कार्यक्रमको आयोजना समेत गर्दै छ । संस्थाको देशभर १८८ वटा शाखा कार्यालय रहेको छ ।









