पहिलो पाइला नेपाल काठमाडौ शाखाद्वारा राष्ट्रसेवकलाइ रक्षा बन्धन कार्यक्रम सम्पन्न
काठमाडौ-पहिलो पाइला नेपाल काठमाडौ शाखाले रक्षा बन्धनको दिन राष्ट्रसेवकलाइ रक्षा बन्धन कार्यक्रम सम्पन्न गरेको छ । देश र जनताको सुरक्षाको निम्ति सदैव तत्पर रहिरहने नेपाल प्रहरी सङ्गठनका दाजुभाइहरूलाई पनि रक्षा बन्धनको महत्व झल्काउदै उहाहरुको पनि सुरक्षाको कामना गर्दै उक्त कार्यक्रम गरेको हो । महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वर बाट सुरु भएको कार्यक्रम माइतीघर मण्डलासम्म पुगेर सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा बोल्दै महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वर का प्रमुख प्रहरी निरीक्षक सुरेश कुमार ठाकुर ले देश र जनताको लागि राष्ट्रसेवक भएर काम गरिरहदा रक्षा बन्धनको दिन आफ्नो घरमा दिदिबहिनी को हात बाट रक्षा बन्धन लगाउन नपाएता पनि हजुरहरुले पारिवारिक अनुभुती दिलाउनु भएको साथै सामुदायिक प्रहरी साझेदारी कार्यक्रम लाई पनि यसले थप हौसला दिएको बताउनुभएको छ जनता र प्रहरी बिचको सम्बन्धलाई अझै प्रगाढ बढाउन को लागि यस कार्यक्रम ले महत्त्वपूर्ण भुमिका निर्वाह गरेको बताउनु भएको छ त्यसै गरि आगामी दिनहरुमा पनि यसरी नै उल्लेखनीय कार्य गर्न को लागि सबैलाइ उत्प्रेरित गर्नुभएको थियो ।

उक्त कार्यक्रम मा करिब छण् जना ट्राफिक प्रहरीहरुलाइ रक्षा बन्धन बाधिएको थियो । उक्त कार्यक्रममा पहिलो पाइला नेपालका केन्द्रिय उपाध्यक्ष बिष्णु राज महत केन्द्रिय सह कोषाध्यक्ष विशाल जङ्ग बस्नेत लगायत पहिलो पाइला नेपाल काठमाडौ शाखाका सदस्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रम को संयोजक काठमाडौ शाखा सहसचीव रक्षा बम ले गर्नु भएको काठमाडौ शाखा सचिब सुवास पन्थीले बताउनु भएको छ ।









