भारतीय राजदुताबासले दियो युवा स्ंयमसेवी प्राविलाई पुस्तकालयको लागि नगद चेक

प्रकाशित मिति:

कौरव खत्री -गुल्मी /गुल्मी मुसिकोटको एक प्राथमिक विद्यालयलाई नेपाल स्थित भारतीय राजदुताबासद्धारा पुस्तकालय हस्तान्तरण गरिएको छ ।भारतीय राजदुताबासले १५ अगस्त अर्थात विहिवार काठमाण्डौमा भारतको ७३ औ स्वतन्त्र दिवसका अवसरमा नेपाल स्थित भारतीय राजदुताबास राजदुत मञ्जीवसिंह पुरीद्धारा गुल्मी मुसिकोट नगरपालिका २ मुसिकोट भर्जुवा स्थित युवा स्यंमसेवी प्राथमिक विद्यालयका प्रधानाध्यापक सान बहादुर बलामीलाई पुस्तकालयको लागि २० हजार नगद चेक पुस्तकालय हस्तान्तरण गरेका थिए ।

गुल्मी मुसिकोट नगरपालिका २ मुसिकोट भर्जुवामा जन्मेर हाल काठमाण्डौमा बस्दै आएका समाजसेवी बेलसिंह ठकुरीको पहलमा उक्क्त पुस्कालय लाइव्रेरी परेको हो ।साथै समाजेवी बेलसिंह ठकुरीले यस क्षेत्रका प्राथमिक तहदेखि माध्यमिक तहसम्मका विद्यालयहरुको लागि नेपाल स्थित भारतीय राजदुताबासमा पुस्तकालय तथा कम्प्युटर सहयोगका लागि पहल गदै आइरहेका छन् ।