खुर्पाले हानेर श्रीमानले गरे श्रीमतीको हत्या

प्रकाशित मिति:

गोरखा-गोरखाको लक्ष्मीबजारमा एक श्रीमानले धारिलो हतियारले हानेर श्रीमतीको हत्या गरेका छन्। गोरखा प्रहरीका अनुसार याकुब परियारले श्रीमती पुजा परियारलाई धारीलो हतियारले हानेर हत्या गरेको हो ।

गएराति करिब १० बजेतिर श्रीमानलेखुर्पाले हानेर श्रीमतीको हत्या गरेको स्थानीयले बताएका छन् । मृतक पुजाको शव जिल्ला अस्पताल गोरखामा राखिएको छ ।हत्या के कारणले गरेको भन्नेबारे केहि नखुलेको र त्यसका लागि घटनाबारे अनुसन्धान भइरहेको गोरखाका एसपी ओमराज अधिकारीले बताएका छन् । मृतकका श्रीमान याकुबलाई प्रहरीले नियन्त्रणमा लिएको छ।