बिराटनगर – न्यूज २४ टेलिभिजनको ‘सीधाकुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछाने र युवराज कँडेलको रिहाइको माग गर्दै विराटनगरमा पनि प्रदर्शन गरिएको छ । शुक्रबार विराटनगर स्थित ट्रफिक चोकबाट नारा लगाउदै र प्ले कार्ड बोकेर निस्किएको जुलुसले जलजला मोड, तीनपैनी चोक, गोल्छा चोक हुदै जिल्ला प्रशासन कार्यालय अगाडि कोणसभामा परिणत गरि पुन ट्राफिक चोकमा पुगेर सपामन गरिएको थियो । स्थिानीयबासी र युवाहरुले स्वतस्फूर्त निकालेका सो जुलुसमा, षडयन्त्रकारी होसियार, रवि दाईलाई रिहा गर, पूरा भिडियो सार्वजनिक गर, हाम्रो रवि– हाम्रो देश प्राण भन्दा प्यारो छ, राष्ट्रिय सपुत रवि जिन्दावाद, राजनीतिक हस्तक्षेप बन्द गर, सञ्चार गृह गई पत्रकार समात्न पाइदैन, निर्दोष फसाउन पाइदैन, दलालहरु मुर्दाबाद, हत्यारालाई कारवाही गर लगाएतका नारा लगाउदै नगरको परिक्रमा गरेका थिए ।
प्रदर्शनकारीहरुले न्याय मार्न पाइदैन र रवि लामिछानेको देश र जनतालाई खाँचो रहेको भन्दै रविको रिहाई नभएसम्म प्रर्दशन जारी राख्ने बताएका छन् । उनीहरुले रवि माथि ठूलो षडयन्त्र भएकाले निर्दोषलाई फसाउन नहुने र दोषीलाई कारवाही हुनुपर्ने माग गरेका छन् । यदि रविमाथि न्याय भएन भने अझ ठूलो आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् । स्थिानीयबासी र युवाहरुले स्वतस्फूर्त निकालेका सो जुलुसमा, षडयन्त्रकारी होसियार, रवि दाईलाई रिहा गर, पूरा भिडियो सार्वजनिक गर, हाम्रो रवि– हाम्रो देश प्राण भन्दा प्यारो छ, राष्ट्रिय सपुत रवि जिन्दावाद, राजनीतिक हस्तक्षेप बन्द गर, सञ्चार गृह गई पत्रकार समात्न पाइदैन, निर्दोष फसाउन पाइदैन, दलालहरु मुर्दाबाद, हत्यारालाई कारवाही गर लगाएतका नारा लगाउदै नगरको परिक्रमा गरेका थिए ।
प्रदर्शनकारीहरुले न्याय मार्न पाइदैन र रवि लामिछानेको देश र जनतालाई खाँचो रहेको भन्दै रविको रिहाई नभएसम्म प्रर्दशन जारी राख्ने बताएका छन् । उनीहरुले रवि माथि ठूलो षडयन्त्र भएकाले निर्दोषलाई फसाउन नहुने र दोषीलाई कारवाही हुनुपर्ने माग गरेका छन् । यदि रविमाथि न्याय भएन भने अझ ठूलो आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् ।









