तनहुँमा विद्यार्थीहरुले भष्ट्रचारविरुद्ध निकाले र्‍याली

प्रकाशित मिति:

तनहु – व्यास नगरपालिका वडा नं २ मा रहेको सत्यवति माध्यमिक विद्यालयका विद्यार्थीहरुले भष्ट्रचारविरुद्धको नारा जुलुस र्‍याली निकालेका छन् । कक्षा नौ मा अध्धयनरत विद्यार्थीहरु प्ले कार्डसहित नारा जुलुसमा निस्किएका हुन् । विद्यार्थीहरुले बालमन्दिर टोल, गणेशमान चोक हुँदै दमौलीको भित्रि चोकहरुको परिक्रमा गरे । उनीहरुले आफैले बनाएको प्ले कार्डमा विभिन्न स चित्रसहित प्रर्दशन गरेका थिए ।

नेपालमा पछिलो समयमा संघीयता आएपछि स्थानीय तहदेखि केन्द्र सम्म भष्ट्रचार बढ्दै गएको कारण जनचेतनाको लागि विद्यार्थीहरुले र्याली निकालेको विद्यालयले जनाएको छ । विद्यार्थीहरुले भष्ट्रचारलाई अन्त्य गर्नु पर्छ, भ्रष्टाचारको नाममा तपाईको देशको छवि नाम र प्रसिद्धि नष्ट नगर्नुहोस्, हामी भ्रष्टाचारकोविरूद्ध छौँ, नेपाल भ्रष्टाचार विरुद्ध छ, भ्रष्टाचारको अन्त्य मेरो योजना हो यदि तपाई मसँग सामेल हुनुभयो भने पक्का अन्त्य हुन सक्छ जस्ता लेखहरुको प्ले कार्ड प्रर्दश गरेका थिए ।