रुकुम पश्चिम – फेसबुकबाट चिनजान गरी विवाहको प्रलोभन देखाइ कोठामा धुनेर बरणी गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुकुम पश्चिम चौरजहारी नगरपालिका ५ खहरेका २५ वर्षीय तेज विक्रम बुढालाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।बुढाले रोल्पाकी १९ वर्षीया एक किशोरीलाई विवाह गर्छु भन्द्र मुसीकोटमा रहेको आफ्नै कोठामा लगेर बलात्कार गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काका अनुसार बुढाले फेसबुकबाट परिचय गरि युवतिलाई विवाह गर्छु भन्दै कोठामा लगेको थिए । सोही रात बलात्कार गरेको उजुरीमा उल्लेख छ । बुढाले युवतिलाई २ दिन सम्म कोठामा राखेको उजुरीमा उल्लेख छ । ७ भदौमा भागेकी किशोरीले ८ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । उक्त जाहेरीका आधारमा प्रहरीले सोमबार बिहान मुसीकोट नगरपालिका ५ शेरिगाउँबाट बुढालाई पक्राउ गरिएको उनले बताए । उनीमाथि जिल्ला जवरजस्ती करणी मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले बताएको छ ।









