आत्महत्या गरेको प्रमाणित भएपछि अदालतले गर्छ के ?

प्रकाशित मिति:

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको अभियोगमा मुद्दामा जिल्ला अदालत चितवनमा थुनछेक बहस चलिरहेको छ।सरकारी वकिलको बहस सकिएपछि लामिछाने र कँडेलका तर्फबाट राजधानीबाट गएका कानुन व्यवसायीले बहस गर्दैछन् ।थुनछेकको बहस सकिएपछि उनीहरूलाई पुर्पक्षको लागि थुनामा राख्ने वा साधारण तारेखमा छाड्ने भन्ने आदेश हुने छ। तर, आजै अन्तिम निर्णय हुने सम्भावना भने न्युन छ । हत्या नभएर आत्महत्या भएको अदालतले स्विकारी सकेको बहस गरेका एकजना अधिवक्ता स्वागत नेपालले बताए । यस्तो अवस्थामा अब के सजाय दिने भन्ने कुरा अदालतले गर्ने छ ! आत्महत्या दुरुत्साहन मुद्दामा रवि लामिछानसहित युवराज कँडेल र अस्मिता कार्की विरुद्धको अभियोगपत्रमा प्रहरीले एकसय वटा दशी प्रमाण जुटाएको बताइएको छ ।

जसमा बासुप्रसाद पुडासैनीको जाहेरी दरखास्त पाना २ सहित घटनास्थल एवं लास जाँच मुचुल्कासहित अनुसन्धान अधिकारीहरुको आचारसंहिता, शालिकराम पुडासैनीको कल कल डिटेल तथा म्यासेज, शव परीक्षण प्रतिवेदनहरु र विभिन्न अनुसन्धानका प्रतिवेदनहरु रहेका छन् । त्यस्तै पक्राउ पुर्जी प्रतिवादीहरुको स्वास्थ्य परीक्षण प्रतिवेदन,प्रतिवादीहरुको नागरिकताको फोटोकपी,प्रहरी प्रधान कार्यालय कार्य एव् अपराध अनुसन्धान विभागको परीक्षण प्रतिवेदन, प्रहरी नायव उपरीक्षक दीपेन्द्र शाहकको प्रतिवेदन, साउन ३० गते पक्राउका लागि पठाएको पत्र, प्रहरी निरीक्षक दयाकृष्ण भट्टको प्रतिवेदन लगायत छन् । शालिकराम साउन २० गते चितवनको एक होटल मृत अवस्थामा फेला परेका थिए । – ईहुलाकी