रोकेको मिनिट्रकमा आगजनि

प्रकाशित मिति:

रामेछाप- रामेछापको मन्थली नगरपालीका वडा नं ५ सुनारपानीमा रोकिरहेको मिनि ट्रकमा सोमवार राति आगजनि भएको छ । तामाकोशि ट्रक व्यवसायी समितिका अध्यक्ष समेत रहेका स्थानिय नविन कार्किको बा ५ ख ३७४४ नंम्वरको मिनि ट्रक पार्किङ गरि राखेकै अवस्थामा अज्ञात व्यक्ति वा समुहले आगजनि गरेको हो । सोहि ट्रकका चालक सन्देश कार्किको घरमा रोकि राखेको उक्त ट्रक रातिको करिव ११ वजेतीर आगजनि भएको प्रहरीले जानकारि दिएको छ । एक जना वृद्धले उक्त ट्रकमा आगजनि हुँदै गरेको देखेपछि वरिपरि खवर गरेका थिए ।

खवर पाउना साथ गाउँलेहरुले जम्मा भएर आगो निभाउने प्रयास गरेको भए पनि उक्त प्रयास असफल भएपछि घटनाको वारेमा प्रहरीलाई जानकारी गराएका थिए । घटनाको विवरण थाहा पाउना साथ जिल्ला वाट गएको प्रहरी टोलीले पनि वास्तविक अपराधि पत्ता लाउन सकेन ।
आगजनि रातिका समयमा कसले र किन गरायो भन्ने वारेमा प्रहरीले आफनो अनुसन्धानलाई तिव्र वनाएको रामेछापका प्रहरी नायव उपरिक्षक सन्तोषकुमार भट्टराईले जानकारी दिनु भयो । उहाँका अनुसार सदरमुकाम मन्थली वजार वाट नजिकै भएको उक्त आगजनी पछि स्थानियहरु त्रसित भएका छन् ।