अमेरिकामा एक नेपालीको हत्यारालाई ६० बर्ष जेल सजाय

प्रकाशित मिति:

एजेन्सी -गएको बर्ष अमेरिकामा एक नेपालीको हत्या गर्ने मोहमद ए अब्दुल्लाहीलाई त्यहाँको एक अदालतले २५ हजार अमेरिकी डलर सहित ६० बर्षको जेल सजाय तोकेको छ । भर्जिनियाको फेयर फ्याक्स काउन्टी सर्किट अदालतले नेपाली मुलका रेशम बजगाईँका हत्यामा संलग्न भएका अब्दुल्लाहीई सो सजाय सुनाएको हो ।

अदालतको फैसला आनुसार दोसी ठहरीएका मोहमदलाई २०१९ नोभेम्बर २२ बाट जेल चलान गरिने छ । केही बर्ष पहिलेबाट अमेरिकामा कार्यरत बजगाईँ भर्जिनियाको एक शहरको पेट्रोल पम्पमा काम गर्दथे । बजगाईँलाई अब्दुल्लाही गत बर्ष जुलाई ४ मा आगो निभाउने उपकरणले प्रहार गरेर हत्या गरेको प्रहरी अनुसन्धानले प्रमाणित गरेको छ ।