सुदिप गौतम –पछिल्लो समयका व्यस्त अनि जल्दाबल्दा युवा निर्देशक दिपक परियारको निर्देशनमा बन्न लागेको नेपाली कथानक चलचित्र प्रेम चक्र को शुभमुहुर्त मंगलबार बुटवलमा एक कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ । बुटवलको पर्यटकीय क्षेत्र हिलपार्कमा एक समारोहको आयोजना गरि चलचित्र निर्माणको घोषणा गरिएको हो । चर्चित आधुनिक गायक सौगात सायरको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो । समारोहको उद्घाटन गर्दै गायक सायर ले बुटवलबाट पनि धेरै राम्रा भिडियो र चलचित्र निर्माण भैरहेकोमा खुसि व्यक्त गर्नुभएको थियो ।गायक सायरले आफ्नै मौलिक पननै दर्शकले माया गर्ने भएकाले मौलिकतालाई ध्यान दिएर निर्माण गर्न निर्माण युनिटलाई शुभकामना दिनुभएको थियो । उहाले हामीले नाम हिन्दि चलचित्रको नाम भन्दा पनि आफ्नै नेपालि नाम राख्नु पर्नेमा जोड दिनुभएको थियो ।यो चलचित्रको छायांकन भाद्र १६ गते बाट सुरु हुनेछ ।

उक्त समारोहमा स्टुडियो मेघाहर्ज बुटवलका मनोज खड्का लोक दोहोरि गायक नारायण बि पी परियार, लक्ष्मण कालिराज लगायतले आफ्नो धारणा राख्नुभएको थियो । गायक नारयण बि पी ले चलचित्रलाई देश भर प्रदर्शन गर्ने व्यवस्था मिलाउनु पर्यो भन्ने कुरामा जोड दिनुभएको थियो । चलचित्र एउटा राम्रो कथा बोकेको र माया प्रेममा आउने उतार चडापका कुरालाई देखाउन खोजिएको निर्माण युनिटले जानकारी दिएको छ ।चलचित्र एक्सन र सस्पेन्समा आधारित छ ।लेखेको पाईने तर देखेको नपाईने कुरा चलचित्रले उतार्न खोजेको छ । संगसंगै एउटा एक्सनले भरिपूर्ण चलचित्र हुने अहिलेका व्यस्त अनि जल्दाबल्दा युवा निर्देसक दिपक परियार बताउछन ।
चलचित्रमा शिब आचार्य,कमल ज्ञवाली, सम्झना ढकाल पुजा थापा,प्रमिला खड्की, सपना परियार मान प्रसाद सुवेदी,प्रकाश लाल श्रेष्ठ, प्रेम कार्की ,रक छेत्रीभुवन खड्का, बिष्णु पाण्डे, बन्दना के सी , सुदिप गौतम, बिनय उदय लगायत अन्य कलाकारहरु को अभिनय रहनेछ । सुरेश पाण्डेको कथा र पट कथा सम्बाद सिड गौतमको रहेको छ ।गणेश हितांङ्ग को द्वन्द सुरेश पाण्डे को नृत्य कमल ज्ञवाली र निशा पाण्डेको शृंगार रहनेछ भने चलचित्रको लागि सम्पूर्ण अडियो जिम्मा स्टुडियो मेघाहर्ज बुटवलले लिने भएको छ ।चलचित्र लुम्बिनी मुभी मेकर प्रा लि को ब्यानरमा निर्माण हुन् लागेको हो ।निर्देशक् दिपक परियार बिगत लामो समय देखि चलचित्र निर्देशन छायांकन अनि सम्पादन गर्दै आईरहेका छन । उनले निर्देशन गरेको चलचित्र सागर तुवाँलो फ्रड धुम्ली लगु चलचित्र, सन्त्रास र लत एक एडिक नामक चलचित्र प्रदर्शनको तयारिमा छ ।चलचित्रको सफलताको शुभकामना












