जगिलाल थापा/कञ्चन – कञ्चन हरैया लायन्स क्लव अफ इ्रन्टरनेश्नल र लाली गुरांस युवा क्लव कञ्चन –३ हरैया रुपन्देहीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।रक्तदान जिवन दान भन्ने मुल नारा सहित आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा ५० जना रक्तदाताहरुले रक्तदान गरेका छन। रुद्रपुरका कार्यलय प्रमुख तथा प्रहरी निरीक्षक इन्द्र प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा रक्तदाताहरुलाई सम्मान पत्र प्रदान गर्दै रक्तदानले मृत्युबरणको क्षणमा पुगेका मानिसहरुको जिवन रक्षा गर्ने भएकोले हरेक ३र३ महिनामा खेर जाने स्वस्थ ब्यक्तिले नियमित रक्तदान गर्दा रक्तदाताको स्वास्थ्य राम्रो हुनुको साथै रगतको अभावमा जिवन पर्खिरहेका ब्यक्तिलाई समेत जिवनदान हुने उल्लेख गर्नु भएको छ ।
यसैगरी कञ्चन हरैया लायन्स क्लव अफ इन्टर नेश्नल बर्ष २०१९र२०का अध्यक्ष तथा कञ्चन गाउपालिका वार्ड नं। ४का वडा अध्यक्ष लायन दुर्गा सिंह क्षेत्रीले रक्तदान जिवनपुर्ण र अमुल्य दान भएको बताउदै रक्तदान गर्ने रक्तदाताले जिवनमा अरु बहुमुल्य सम्पत्ति दान गर्नु नपर्ने बताउनु भएको छ।लाली गुरांस युवा क्लवका अध्यक्ष तथा कञ्चन सामुदायिक संचार संस्था,कञ्चन –३,हरैयाका निबर्तमान अध्यक्ष लायन राम बहादुर थापाले कञ्चनमा रक्तदानको अभियान गुरांस युवा क्लवले शुरु गरेको र शुरुको अवस्थामा रक्तदान गर्नु पर्छ भन्ने चेतनाको अभाव थियो तर आज त्यो अभियानले मृत्युको मुखमा पुगेका मानिसहरुलाई रगतको अभाव हुन नदिई पुर्नजिवन दिएर अभियान सार्थक बनेको बताउनु भको छ । कञ्चन हरैया लायन्स क्लव अफ इन्टर नेश्नल बर्ष २०१९र२०का अध्यक्ष तथा कञ्चन गाउपालिका वार्ड नं। ४का वडा अध्यक्ष लायन दुर्गा सिंह क्षेत्रीको अध्यक्षता लाली गुरांस युवा क्लवका अध्यक्ष तथा कञ्चन सामुदायिक संचार संस्था,कञ्चन –३,हरैयाका निबर्तमान अध्यक्ष लायन राम बहादुर थापाको स्वागतमा सम्पन्न कार्यक्रमको संचालन कञ्चन हरैया लायन्स क्लव अफ इन्टर नेश्नल बर्ष २०१९र२०का सचिव लायन गणेश आचार्यले गर्नु भएको थियो ।कार्यक्रम कञ्चन गाउपालिका वार्ड नं। ४को परिसरमा भएको थियो ।
हरितालिका तिजको अवसरमा महिला भलिवल प्रतियोगिता……. कञ्चन हरैया लायन्स क्लव अफ इन्टर नेश्नल,कञ्चन रुपन्देहीको आयोजनामा महिलाहरुको शसक्तिकरण र आन्तरिक क्षमतालाई प्रस्फुटन गर्ने उद्धेश्यले महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा खुल्ला महिला भलिवल प्रतियोगिता हुने भएको छ । बिभिन्न संघसंस्थाहरुले महिलाहरुको पुर्नमिलन सहित डर खुवाउने कार्यक्रम संचालन भैरहेको र तिज महिलाहरुको लागि निकै महत्वपुर्ण पर्व भएकोले हरितालिका तिजको गरिमालाई बृद्धि गर्न,महिलाहरुको शसक्तिकरण र आन्तरिक क्षमतालाई प्रस्फुटन गर्न फरक सन्देश प्रबाह गर्ने गरी महिलाहरुको लागि खुल्ला भलिबल प्रतियोगिताको आयोजना गरिएको कञ्चन हरैया लायन्स क्लव अफ इन्टर नेश्नल बर्ष २०१९र२०का सचिव लायन गणेश आचार्यले बताएका छन ।
भदौ १४ र १५ गते गरि दुइ दिन सम्म संचालन हुने प्रतियोगितालाई ब्यबस्थित र मर्यादित गराउन फिवको नियममा आधारित खेल संचालन गरिने प्रतियोगितामा प्रथम हुने समूहलाई नगद ३० हजार,दोश्रो हुनेले १५ हजार,तृतिय हुनेले १० हजार र सान्तवनाको लागि ५ हजार र मेडल तथा प्रमाण पत्र प्रदान गरिने खेल संयोजक तथा कञ्चन हरैया लायन्स क्लव अफ इन्टर नेश्नल बर्ष २०१९र२०का प्रथम उपाध्यक्ष लायन राम बहादुर थापाले जानकारी गराएका छन । सो प्रतियोगितामा रुपन्देहीका उत्कृष्ट टिमहरु दिप बोर्डिङ स्कुल,मणिमुकुण्ड भलिवल क्लव,एभरेष्ट स्कुल,न्यू होराइजन बोर्डिङ लगायत १० महिला भलिबल टिमहरुले प्रतियोगिताको लागि आफ्नो नाम दर्ता गरिसकेको आयोजकले जनाएको छ ।










