त्रिभुवन विमानस्थलमुनिबाट सुरुङमार्ग बनाउने योजना हल्लामै सिमित

प्रकाशित मिति:

हचुवाका भरमा ल्याइएको त्रिभुवन विमानस्थलमुनिबाट सुरुङमार्ग बनाउने योजना छलफलकै क्रममा तुहिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागले कोटेश्वरको जाम छल्न भन्दै गरेको सुरुङमार्ग निर्माणको प्रस्ताव पर्यटन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणले अस्वीकार गरेका छन् ।

प्राविधिक रुपमा सम्भव नभएकाले सुरुङमार्ग निर्माण हुन नसक्ने जावाफ उड्डयन अधिकारीहरुले सडक विभागलाई दिएका छन् । लगातार दुई वर्षदेखि कुनै तयारी र छलफल विना नै बजेटमा कोटेश्वरमा सुरुङमार्ग निर्माण गरिने उल्लेख गरिएको थियो । अघिल्लो बजेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गरेर सुरुमार्ग बनाइने उल्लेख थियो । नयाँ बनजेटमा तीनकुने(जडिबुटी खण्डमा सुरुङ बनाइने उल्लेख छ ।

तर, पर्यटन मन्त्रालय र प्राधिकरणका अधिकारीहरुले प्रस्तावअनुसार सुरुङमार्ग बनाउन जोखिम हुने र त्यसले देशकै एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या ल्याउने बताएपछि सडक विभाग योजनाबाट पछि हटेको छ ।