विद्युतीय गाडी चार्ज गरेको प्रतियुनिट ४ रुपैयाँ

प्रकाशित मिति:

काठमाडौँ –नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारी साधनका लागि ३० ठाउँमा चार्जिङ स्टेसन बनाउने भएको छ। विद्यतु प्राधिकरणले ११ केभीमा चार्जस्टेसन राख्नका लागि सार्वजनिक यातायात र अन्य यातायात गरी दुई प्रकारको यातायात भोल्टेज व्यवस्था गरेको जनाइएको छ।

विद्यत् प्राधिकरणले यातायात क्षेत्रलाई सवारी साधन चार्ज गर्नका लागि रातिको समयमा प्रतियुनिट ४ रुपैयाँ २० पैसा, दिउँसो ८ रुपैयाँ २० पैसा र बेलुकाको समयमा ९ रुपैयाँ लाग्ने छ। यो खबर आजको राजधानी दैनिकले छापेको छ ।