एजेन्सी –उत्तर अमेरिकामा अवस्थित ७ सयभन्दा बढि टापुहरुको देश बहामसमा पछिल्लो इतिहासकै खतरनाक आँधीको त्रास फैलिएको छ । अमेरिकी न्याशनल हुरिकेन सेन्टर एनएचसीले अति खतरनाक मानिने डोरियनआँधीले टापुहरूको राष्ट्र बहामसमा आइतवार हान्ने जनाएको हो । सो आँधीले त्यसपछि अमेरिकी पूर्वी तटीय क्षेत्र इस्ट कोस्टमा हान्ने जनाइएको छ ।
आँधीको त्रास फैलिएपछि बासिन्दाहरूले आफ्नो सबै काम एकातिर थन्क्याएर आँधीको बाटोबाट विस्थापित हुने तयारीमा लागेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।बहामसमा हान्ने भनिएको आँधी आइतवार बिहान बहामसदेखि १२५ माइल पूर्वतिर ग्रेट एबाको टापुबाट पश्चिमतिर १३ किमि प्रतिघण्टाको दरले अगाडि बढिरहेको थियो। त्यसअघि शनिबार बिहान सो आँधी २ सय ५ किलोमिटर प्रतिघण्टाको दरले बहामसतर्फको बाटोमा अघि बढिरहेको थियो ।सो आँधीले बहामसमापछि अमेरिकाको फ्लोरिडामा क्षति गर्ने अनुमान गरिएको थियो । तर आँधीले बाटो परिवर्तन गरेपछि तत्कालका लागि समस्या टरेको बताइएको छ।
डोरियन आगामी साताको मध्यतिर पूर्वतिर लाग्ने र त्यसले जर्जिया र साउथ क्यारोलाइनालाई असर गर्नसक्ने मौसम भविष्यवाणीकर्ताहरूको अनुमान छ । त्यस्तै आँधीको बाटो अनिश्चित छ हुँदा दशौँ लाख मानिसहरू खतरामा रहेको बताइएको छडोरियनको हावाको गतिका कारण यो आँधी सबभन्दा खतरनाक मानिएको जानइएको छ । अधिकारीहरुले यो आँधी सो क्षेत्रका लागि सन् १९९२ को क्याटेगरी ५को एन्ड्रु आँधी पछिको घातक आँधी हुने चेतावनी दिएका छन् । २७ वर्षअघि सो क्षेत्रमा आएको उक्त आँधीले ६५ जनाको ज्यान गएको थियो भने ६३ हजार घर ध्वस्त भएका थिए ।पछिल्लो समय आँधी निकै संकपुर्ण अवस्था सिर्जना गर्न थालेकोमा विज्ञहरुले चिन्ता जनाएका छन् ।












