जीपी कोईराला फाउन्डेसन अमेरीका द्धरा नेताहरुसंग छलफल

प्रकाशित मिति:

अमेरीका । गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिकाले स्वागत कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । नेपाली काँग्रेस गुल्मी जिल्लाका पूर्व सभापति तथा नेपाली जनसम्पर्क समिति अमेरिकाका संस्थापक सल्लाहकार त्रैलोक्य प्रसाद सेन, नेपाली जनसम्पर्क समिति अमेरिकाका संस्थापक महासचिव तथा समाजसेवी कृष्ण लामिछाने, नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्वाङ, बाग्लुङ समाजका अध्यक्ष तथा नेजससका केन्द्रीय सदस्य हरिप्रसाद पौडेल  शर्मा, न्युयोर्क च्याप्टरका सचिव अनिलराज पाण्डे, न्युयोर्क च्याप्टरका संस्थापक सल्लाहकार, हरिशचन्द्र हमाल, नेविसंघका नेता ज्ञानल थापा लगायत अतिथिहरुलाई अगस्त ३० मा कार्यक्रम आयोजना गरी स्वागत गरिएको थियो ।

स्वागत कार्यक्रममा फाउन्डेसनका अध्यक्ष सोमनाथ घिमिरे, उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्यद्वय दावा शेर्पा र प्रेम पौडेल सहभागी हुनुभएको थियो ।
त्यस अवसरमा अध्यक्ष घिमिरेले कृष्ण लामिछानेलाई खादा ओढाई स्वागत गर्नुभएको थियो भने त्रैलोक्यप्रसाद सेनलाई डेमोक्रेसी एन्ड सोसलिज्म पुस्तक हस्तान्तरण गरी सम्मान गर्नुभयो । सेन र लामिछानेले नेपाली जनसम्पर्क समिति अमेरिकाको स्थापना कालदेखि अहिलेसम्मको इतिहासबारे चर्चा गर्नुभएको थियो । उहाँहरुले छोटो अवधिमा गिरिजाप्रसाद कोइराला फाउन्डेसनले धेरै राम्रा काम गरेको भन्दै प्रशंसा गर्नुभयो । फाउन्डेसनले गिरिजाबाबुको योगदानलाई देश विदेशमा फैलाउन महत्वपूर्ण काम गरेको भन्दै फाउन्डेसनका केन्द्रीय अध्यक्ष सुजाता कोइरालालाई धन्यवाद दिनुभयो । साथै फाउन्डेससँग हातेमालो गरी काम गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।