नेपाली सेनाका बलाधिकृत रथी पूर्णचन्द्र थापा प्रधानसेनापतिमा सिफारिस

प्रकाशित मिति:

नेपाली सेनाका बलाधिकृत रथी पूर्णचन्द्र थापालाई सरकारले प्रधानसेनापतिमा सिफारिस गरेको छ।  मन्त्रिपरिषद्को बैठकले थापालाई प्रधानसेनापतिमा सिफारिस गरेको हो।बैठकले थापालाई आगामी भदौ २५ बाट लागू हुने गरी नेपाली सेनाको प्रधानसेनापतिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

राजेन्द्र क्षत्रीको भदौ २४ बाट पदावधिको हदले नेपाली सेनाबाट अवकाश पाउँदैछन्।उनी अहिले विदामा छन्। सैनिक परम्परा अनुसार प्रधानसेनापति महारथीले अवकाश भन्दा एक महिना अगाडि विदा बस्ने परम्परा रहँदै आएको छ।

थापालाई साउन १० गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम साउन २५ गतेको मितिबाट लागू हुने गरी कायम मुकायम प्रधानसेनापतिमा तोकेको थियो।