प्रधानमन्त्री ओलीले गरे दोस्रो पटक भिडियो कन्फरेन्स

प्रकाशित मिति:

काठमाडौँ -प्रधानमन्त्री केपी शर्मा ओलीले आजपनि भिडियो कन्फरेन्समार्फत मन्त्रीहरुसँग छलफल गर्नु भएको छ । मृर्गौलाको उपचार गर्न सिंगापुर रहनुभएका प्रधानमन्त्री ओलीले दोस्रो पटक भिडियो कन्फरेन्समार्फत मन्त्रीहरुसँग मन्त्रालयका काम कारवाहीबारे आवश्यक छलफल गर्नु भएको हो ।प्रधानमन्त्रीले छलफलको क्रममा मन्त्रालयको काम कारवाहीमा देखिएको समस्या समाधानका लागि आवश्यक निर्देशन समेत दिनुभएको छ । छलफलका क्रममा प्रधानमन्त्री ओलीले सबै मन्त्रालयको कामकार्वाहीको बारेमा जानकारी लिनु भएको थियो

मृर्गौलाको उपचारका लागि सिंगापुर रहनु भएका प्रधानमन्त्री ओलीले यस अघि पनि भिडियो कन्फरेन्समार्फत मन्त्रीपरिषदका सदस्यहरुसँग छलफल गर्नु भएको थियो ।यस अघि प्रधानमन्त्री ओलीले नेकपा संसदीय दलका कार्यबहाक नेता सुवाष नेम्वाङसँग पनि टेलिफोन संवाद गरी आफ्नो स्वास्थ्य राम्रो रहेको सन्देश दिनु भएको थियो ।