रोट्रयाक्ट डाउनटाउनद्धारा अभिमुखिकरण कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

बुटवल – रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनले चौतारी हेल्थ फाउन्डेसनमा रहेका मानसिक विरामीरुसगं अन्तरक्रिया र अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । चौतारी हेल्थ फाउन्डेशनमा रहेका २० भन्दा बढि मानशिक विरामिहरु संग खुसी साटासाट हुनुपर्छ, नाच्न गाउन पाउनपर्छ, र चार्डपर्व संगौ मनाउनुपर्छ भन्ने उद्देश्यका साथ प्रशिक्षण साथै खाना खुवाउदै चार्डपर्व मनाउने उद्देश्यले कार्यक्रम गरीएको क्लबका अध्यक्ष मधु भट्टराईले जानकार गराएका थिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा रोटरी एजी एवं गौतमबुद्ध मुटु अस्पतालका अध्यक्ष एजाज आलमले उत्पे्ररणात्मक प्रशिक्षण दिदै घरमा वा पार्टि प्यालेसमा फजुल खर्च गरी चार्डपर्व मनाउने प्रकृयालाई अन्त्य गरी समाज सकरात्मक रुपान्तरणका लागि सामाजीक कार्य गर्नु पर्ने र समाजमा रहेका विपन्न बर्ग, अशक्त सगं मिलेर अगाडि बढ्नु पर्ने बताउनुभएको थियो । साथै क्लबको उक्त कार्यक्रमको प्रसंसा गर्दै धन्यबाद दिनुभएको भएको थियो ।

कार्यक्रममा क्लबका पुर्व अध्यक्ष जिवन अधिकारीले मन्तव्य राख्दै क्लबले समाज सकरात्कम रुपान्तरणका लागि विभिन्न रचनात्मक उत्कृष्ट कार्यक्रम गरेको भन्दै धन्यबाद दिनुभएको थियो । उक्त कार्यक्रममा इनरहिल क्लबअफ रुपन्देहीका अध्यक्ष मञ्जु घिमिरे, रोट्रयाक्ट डाउनटाउनका पुर्व अध्यक्ष कमल थापा क्षेत्री, सन्तोष पौडेल, बालकृष्ण पाण्डे, जनक दमासे, अजित घताने सहितले मन्तव्य दिनुभएको थियो । उक्त कार्यक्रम स्वागत मन्तव्य ऋचा बस्याले साथै कार्यक्रम सौरभ भुषालको सञ्चालन गरेका थिए ।