मृगौला पीडित बिष्णुमायाको उपचारका लागि सहयोगार्थ स्वरुप चिट्ठाबाट संकलित रकम हस्तान्तरण

प्रकाशित मिति:

सबलपोस्ट / बुटवल – मृगौला पीडित बिष्णुमाया परियारको उपचारको लागि सहयोगार्थ चिट्ठा बाट प्राप्त रकम एककार्यक्रमका बिच हस्तान्तरण गरिएको छ ।
बुटवलमा सामाजिक कार्यमा अग्रसर बुटवल सोसाइटी युथ क्लबका युवाहरु जुटि उक्त रकम बिष्णुका छोरा पवन परियार मार्फत उपलब्ध गराईएको संयोजक एबम सामाजिक अभियानता सुजन पुनले सबलपोस्टलाई जानकारी दिए ।

नेपाली कांग्रेसका नगर सभापती खेलराज पाण्डेको प्रमुख आतिथ्यतामा चिट्ठा बाट संकलित करिब ८५,००० नगद हस्तान्तरण गरिएको हो । कार्यक्रममा समाजसेवीहरु चिरञ्जीवी पौडेल , बालकुमारी भण्डारी , कृष्ण न्यौपाने , जमुना ढकाल , होम क्षेत्री लगायतको उपस्थिति रहेको थियो । रु १०,००० को चिट्ठा  हसन्त लामाले पारेका  थिए । उक्त कार्यक्रमको सञ्चालन संयोजक सुजन पुनले गरेका थिए ।