नेपाल पत्रकार महासङ्घ नवलपुरद्दारा ज्ञापन पत्र बुझाइयो

प्रकाशित मिति:

शान्ति तिवारी-पत्रकार जनसञ्चार अनलाइन पोखराका सम्पादक ओम हमालको विना सर्त रिहाइको माग गर्दै नवलपुरको नेपाल पत्रकार महासंघले ज्ञापन पत्र बुझाएको छ ।बुधबार नेपाल पत्रकार महासंघ नवलपुर शाखा का अध्यक्ष होम राज रानाभाट को नेतृत्व मा गयेकोटोलीले नवलपुरका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

हमाललाई सर्वोच्च अदालतले रिहाइको आदेश दिएको भए पनि उनलाई रिहा गरे लगतै प्रहरीले मंगलबार पुन पक्राउ गरेको थियो ।उनको रिहाईको माग गर्दै बुधबार देशभरका पत्रकारहरुलाई ज्ञापन पत्र बुझाएका छन् । रानाभाटको नेतृत्वमा गएका पत्रकारहरुले समग्र नवलपुरको पत्रकारिताको विषयमा समेत प्रमुख जिल्ला अधिकारीसङ्ग छलफल गरेको छ