पत्रकारको पुर्नवाहलीको माग राख्दै मन्त्री वास्कोटालाई प्रेस युनियन स्याङ्जाले ज्ञापनपत्र वुझायो

प्रकाशित मिति:

स्याङ्जा  । रेडियो नेपाल सुदुरपश्चिम प्रादेशिक केन्द्र दिपायलमा लामो समयदेखि कार्यरत पत्रकारहरु प्रकाश बम, सुनिता रावल र चक्रवहादुर कुवँरलाई राजनीतिक पूर्वाग्रह साँधेर रेडियो प्रसार विकास समितिले कामबाट हटईएको घटनाप्रती प्रेस युनियनले ध्यानाकर्षण गर्दे पुर्नवाहलीको माग राखेर सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटालाई आज ज्ञापनपत्र वुझाएको छ ।  नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष प्रदिप कोइरालाले हस्ताक्षरित विज्ञप्ती इलाका प्रशासन कार्यालयका प्रमुख दामोदर शर्मा पंगेनी मार्फत जिल्लामा क्रियाशिल पत्रकारहरुको टोलीले वुझाएका हुन ।

प्रेस युनियनले तीनै जना पत्रकारहरुलाई तत्काल पूर्नवाहली गर्न यस अघि पटक पटक दबाब दिर्दै आएपनि रेडियो नेपालको व्यवस्थापन पक्षले कुनै सुनुवाई नगरेकाले हामी थप आन्दोलनमा जान वाध्य भएको विज्ञप्तीमा उल्लेख गरेको छ । विज्ञप्तीमा भनिएको छ वर्तमान सरकारले सरकारी सञ्चारमाध्यममा आफ्ना पार्टीका कार्यकर्ता गर्ने षडयन्त्रले लामो समयदेखि काम गरिरहेका ब्यवसायिक पत्रकारलाई निष्कासन गरी तथा स्ट्रन्जरको म्याद थप नगरेको प्रेस युनियनको निश्कर्ष छ । युनियन यस्ता क्रियाकलापको विरोध एवं भत्सर्ना गर्दै तत्काल सच्याउन माग गर्दछ ।  त्यस्तै प्रेस स्वतन्त्रता विरोधी विभिन्न प्रावधान रहेको र सर्वत्र विरोध भएपछि केही समय स्थगन गरिएको मिडिया काउन्सिल विधेयक सरोकाला संघ संस्थासंग कुनै सल्लाह र परामर्श नगरी एकाएक राष्ट्रियसभाबाट प्रक्रिया अघि बढाएकोप्रति युनियनको ध्यानाकर्षण भएको छ ।

सरोकारवालाहरुको मागलाई सम्बोधन गर्दै संसदमा रहेका दलहरुको सहमतिबाटै मिडिया काउन्सिल लगायत विधेयक पारित गर्न युनियन माग गर्दछ । प्रेस युनियन सदैव पत्रकारहरुको हकहित र प्रेस स्वतन्त्रताको पक्षमा लडिरहने प्रण गर्दै अल्टिमेटमसहित तीनै जना पत्रकारहरुलाई तत्काल पूर्नवहाली गर्न जोडदार माग गर्दछौ यस्ता पत्रकारको हकहित र प्रेस स्वतन्त्रता विरोधी कुनै पनि क्रियाकलाप सह्य नहुने सरोकारवाला सबैमा स्मरण गराउदैं माग पुरा नभए थप आन्दोलनमा जाने समेत उल्लेख गरेको छ । उता नेपाल पत्रकार महासंघ स्याङ्जाले पनि सर्वोच्च अदालतको आदेशपछि पुन पक्राउ गरिएका पोखराका पत्रकार ओम हमालको रिहाइको लागि जिल्ला प्रशासन कार्यालय स्याङ्जा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र वुझाएको छ । शाखाका अध्यक्ष ओम प्रकाश शर्माद्धारा हस्ताक्षरित ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी कोषराज निरौला मार्फत वुझाइएको हो ।