कतार –गैर आवासीय नेपाली संघ ९एनआरएनए ० भन्ने वित्तिकै यो एउटा छाता संगठन भन्ने बुझिन्छ । विश्वभर छरिएर रहेका नेपालीहरुको आस्थाको धरोहर हो । यो अहिले विश्वका ८० वटा देशहरुमा रहेको छ । यस संस्थाको नेपालका लागि नेपाली भन्ने मुलमन्त्रका साथ २००३ मा बेलायतबाट सूरुवात भएको हो ।२००२ बाट कतारमा बस्दै विभिन्न आरोह अवरोह घुम्ति मोडहरुलाई पार गर्दै आफ्नो व्यपार व्यवसायलाई अगाडि बढाउदै नरेन्द्र भाट एनआरएनए कतारमा रहेर आफ्नो तर्फबाट विभिन्न तह र तप्काबाट संस्थामा एउटा ईमान्दार कर्तव्य निष्ठ भई काम गर्दै २००७ – २००९ सम्म कतारको महासचिवको पदमा रहि काम गरे ।
उनको लगनसिल्ता र मेहनतलाई मूल्यंकन गर्दै फेरी २००९- ०११ अक्ष्यक्षको कार्यकालको लागि चुनिनु भयो । सफल कार्यकाल पछि संस्थाको निती, नियम र मुल्य मान्यतालाई अंगिकार गर्दै सकृय रुपमा कार्यकाल विताई फेरी २०११ – ०१३ सम्म संयोजकको रुपमा एनआरएनएमा रहि मध्यपूर्वको हरेक नेपालीहरुको नजिक रहि साँझा समस्याहरुको सम्वोधन गर्न साथै अधिकारका लागि एकबद्ध भै अगाडी बढ्न प्रोत्साहन गरे ।भाटको कार्य यत्तिमा मात्र सिमित रहेन तत्पश्चात २०१३ ०१५ को लागि आईसीसी उपाध्यक्षमा उम्मेदवार साथैै सल्लाहकार भएर पनि संस्थालाई अगाडी बढाउँन र सम्पूर्ण एनआरएनहरुको साँझा मुद्धाहरुमा आफ्नो भूमिका निर्वाह गर्दै पूनस् २०१५- ०१७ का लागि आईसीसी उपाध्यक्ष साथै संगठनको सल्लाहकारकै पदमा रहि आफ्नो भूमिका निर्वाह गर्दै संगठन प्रति बफादार भएर अघि बढीरहे । यस पछि भाटको संगठनमा रहेर काम गर्नेमा कुनै किसीमको दुर्वल्ता रहेन ।अहिले पनि उनले संगठनमा एउटा सम्मननीय सल्लाहकारको रुपमा रहि निरन्तर रुपमा संगठनलाई आफ्नो तर्फबाट टेवा पुर्याउँदै आइरहेका छन । अहिले पूनस् आईसीसी उपाध्यक्षको लागि उम्मेदवारी दिने बताएका छन ।












