अवकाशप्राप्त शिक्षकलाई अख्तियारको मुद्दा

प्रकाशित मिति:

काठमाडौँ -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटका एक जना सेवानिवृत्त प्रधानाध्यापक हरिराम भण्डारीसहित तीन जनामाथि सजायको माग गर्दै आरोपपत्र दायर गरेको छ ।आयोगले विदुर नगरपालिकाको सुलक्षण माविमा कार्यरत तत्कालीन प्रधानाध्यापक भण्डारीले अनुचित सेवासुविधा लिनुभएको कार्यमा निमित्त प्रधानाध्यापक केशवबहादुर बस्नेत र विद्यालय निरीक्षक कुमारप्रसाद तिमिल्सिनाले सहयोग गरेको दाबीसहित सजायको माग गरेको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले तीनै जनामाथि छुट्टाछुट्टै २३ हजार ९९९ रुपियाँ बिगो कायम गरी सजायको माग गरिएको बताउनुभएको छ । भण्डारीले बिदामा बसेको बखतको सेवा सुविधा लिएको आयोगको अनुसन्धानबाट खुलेको हो ।आयोगले महोत्तरीको भङ्गाहा नगरपालिका वडा नं। ८ का वडा अध्यक्ष रफिक आलम र वडा सदस्य कारी साहु र उहाँका छोरा मुकेश साहमाथि एक लाख ६० हजार रुपियाँ बिगो कायम गरी विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।