पत्रकार महासंघ रुपन्देहीले केन्द्रीय अध्यक्षलाई परेको पितृशोक प्रती दुख व्यक्त
बुटवल – नेपाल पत्रकार महासंघ रुपन्देहीले केन्द्रीय अध्यक्ष गोबिन्द आचार्यलाई पितृशोक परेकोमा दुख व्यक्त गरेको छ । महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीले एक शोक वक्तव्य जारी गर्दै ६८ बर्षीय बुवा यामप्रसाद आचार्यको निधन प्रति दुख व्यक्त गरेका हुन् ।
अध्यक्ष जिसीले सोमवार शोक वक्तव्य जारी गर्दै मृतक आचार्यप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । स्व. आचार्यका श्रीमती, दुई छोरा र एक छोरी छन् । दाङको लमही नगरपालिका–३ स्थायी घर भएका आचार्य केही समयदेखि क्यान्सर रोगबाट पीडित थिए ।












